News
पोखरामा पावर हाउस कप हुँदै

बिरौटा । पोखरामा दोस्रो पावर हाउस कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । रामेश्वर युवा क्लब, पोखरा–१७ बिरौटाको आयोजनामा यहि पौष २० गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।
पावर हाउस खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता गरी तीन विधामा पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
टिम दर्ता शुल्क ४ हजार तोकिएको प्रतियोगिताको फाइनल खेल भने पौष २४ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड