News भारतलाई हराउँदै बंगलादेशद्वारा उपाधि रक्षा
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि दोस्रो संस्करणमा पनि रक्षा गर्न सफल भएको छ । बुधबार भएको फाइनल भिडन्तमा भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै बंगलादेशले उपाधि रक्षा गरेको हो ।

ढाका स्थित विर सेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा सम्पन्न खेलमा बंगलादेशका लागि ८०औं मिनटमा अनाई मोगिनीले गरेको एक मात्र गोल घरेलु टोलीलाई उपाधि जिताउन निर्णायक बन्यो ।

स्मरणीय छ, बंगलादेशले लिग चरणमा पनि भारतलाई समान १–० अन्तरले हराएको थियो । बंगलादेशको यो लगातार दोस्रो उपाधि समेत हो । यसअघि भुटानमा सम्पन्न पहिलो संस्करण पनि बंगलादेशले नै जितेको थियो ।

Post Comments