News कास्कीमा फाईभ ए साईड फुटबल हुँदै
गोलनेपाल

पोथाना । रमणीय जिल्ला कास्कीको अन्नपुर्ण गाउँपालिकामा चौथो खुला फाईभ ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

पोथाना टोल सुधार समिति, अन्नपुर्ण गाउँपालिका–७, पोथानाको आयोजनामा यहि आउँदो पौष २२ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दियो ।

साथै प्रतियोगितामा इच्छुक टोलीहरुलाई सहभागिताका लागि टिम दर्ता पनि खुला गरिएको छ । साथै टिम दर्ता शुल्क ३५ सय तोकिएको छ । टिम दर्ताका लागि अन्तिम मिति पनि पौष २२ गतेसम्म रहेको आयोजकले जनाएको छ ।

अन्नपुर्ण गाउँपालिका–७, सेतीग्राह, पोथाना स्थित स्थानीय खेल मैदानमा चल्ने प्रतियोगिताको फाइनल र समापन कार्यक्रम पौष २४ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधि सहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने पनि आयोजक समितिका अमृत गुरुङले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको गुरुङले बताए ।

Post Comments