News नेपालको फिफा वरियता यथावत
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले निकालेको ताजा वरियतामा नेपालको स्थान यथावत छ । अर्थात डिसेम्बर महिनाका लागि सार्वजनिक भएको नयाँ वरियतामा नेपाल १६९औं स्थानमा यथावत रहेको हो । त्यसका लागि नेपालले कुल ९७२.४५ अंक प्राप्त गरेको छ ।

दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । त्यस्तै दुई स्थान सुधार गरेको भारत फिफा वरियताको १०४औं स्थानमा छ र दक्षिण एसियातर्फ शिर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ । त्यस्तै १५७औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ भारतपछि दोस्रो स्थानमा छ ।

त्यसैगरी १८५औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ नेपालपछि चौथो स्थानमा रहँदा १८६औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । हाल फिफाको कारवाहीमा परेको पाकिस्तान १९८औं स्थानमा छ र दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यस्तै २०४औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियाली वरियतामा सबैभन्दा तल पुछारमा छ ।

विश्व वरियतामा बेल्जियम अगाडी

त्यसैगरी फिफाको विश्व वरियतामा युरोपियन महाशक्ति बेल्जियम शिर्ष स्थानमा छ । दक्षिण अमेरिकी महारथी ब्राजील दोस्रो स्थानमा रहँदा विश्व च्याम्पियन फ्रान्स तेस्रो स्थानमा छ ।

Post Comments