News पोखरामा माघ पहिलो सातादेखि खुल्ला सेभेन ए साईड फुटबल हुने
उमेश पुन

पोखरा । नेपाल मुस्लिम युवा समितिले पोखरामा माघ ८ गते देखि १५ गते सम्म तेस्रो लोक कवि अलिमिया स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता गर्न भएको छ ।

युवाहरुलाई खेलकुदमा आकर्षित गर्न तथा राम्रा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक अब्बु बकर मियाँले जानकारी दिए । प्रतियोगितामा करिब ५० टोलीहरुले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

करिब ८ लाख ७५ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता पोखरा १३ स्थित माछापोखरी खेल मैदानमा हुने समेत आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई १०–१० हजार प्रदान गरिने पनि आयोजकले जन ाएको छ । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिता को मूख्य प्रायोजन भने लोक कवि अलिमियाका नाति श्री हिक्मत अलि मियाले गरेका छन् । त्यसैगरी प्रथम पुरस्कार प्रायोजन युवा व्यवसायी समिर खान गरेका छन् भने दोस्रो पुरस्कारको प्रायोजन पोखरा महानगरपलिका–१३ का वडा अध्यक्ष दर्शन लामाले गरेका छन् ।

Post Comments