News मच्छिन्द्रसँग मनाङ स्तब्ध, शेर्पाको दोस्रो जित
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले ए डिभिजन लिगमा शनिबार महत्वपूर्ण मानिएको रोमाञ्चक खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई शून्यका विरुद्ध १ गोलले हराएको छ ।

दशरथ रंगशालामा भएको दोस्रो खेलमा मच्छिन्द्रका लागि अन्तिमतिर इन्जुरी समयमा सुनिल बलले गरेको एक मात्र गोल साविक विजेतालाई तीन अंक दिलाउन निर्णायक गोल बन्यो ।

फ्रिकिक मार्फत गरेको त्यो एक मात्र गोलले सुनिल खेलको म्यान अफ द म्याच को पुरस्कार समेत दिलायो । त्यसवापत उनले नगद १० हजार र ट्रफी समेत हात पारे । त्यस्तै खेल जितेको मच्छिन्द्रले म्याच मनी वापत ५० हजार पनि प्राप्त गर्यो ।

यो जितसँगै ६ खेलबाट १४ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा उक्लेको छ । मनाङ भने १३ अंकका साथ दोस्रो स्थानमा छ ।

शेर्पाको दोस्रो जित

त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लब विरुद्ध ३–१ को प्रभावशाली जित निकाल्यो । लिगमा शेर्पाको यो दोस्रो जित समेत हो ।

यो जितपछि ६ खेलबाट ८ अंक जोडेको शेर्पा लिगतालिकाको छैठौं स्थानमा छ । उता पराजित च्यासल भने ४ अंकका साथ रेलिगेशन क्षेत्रका े १३औं स्थानमा झरेको छ ।

 

 

Post Comments