News
घिमिरेलाई फेरि पिप्लेको जिम्मेवारी

हेटौंडा । हेटौंडाका पिप्ले युवा क्लबको अध्यक्षमा दोस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा पुनः सुशील घिमिरे चयन भएका छन् । शनिबार क्लबको १५औं वार्षिक साधारणसभाले घिमिरेलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।
त्यस्तै साधारणसभाले उपाध्यक्षमा भरतकुमार सैजु, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुदिप सापकोटा, सह–सचिवमा सुदिप सिंह ठकुरीलाई चयन गरेको छ ।
क्लबको कार्यसमिति सदस्यहरुमा रवि थापा, रणबहादुर खनाल, विवेक अर्याल, भुपेन्द्र चौलागाई, लालकिरण ढुंगेल, अनुज कार्की, सजिता श्रेष्ठ पौडेल, कल्पना राय र नरेन्द्र मोक्तानलाई सर्वसम्मत चयन गरेको छ ।
हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको साधारणसभामा वडा सदस्यहरु केशव श्रेष्ठ, सरस्वती दाहाल, ज्ञान बहादुर थापाको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा