
झापाको दमकमा सम्पन्न प्रथम वडा अध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लवले जितेको छ ।
आज सम्पन्न भएको फाईनल खेलमा आयोजक दमक वडा नम्बर ३ लाई टाईबेकरमा ५-३ गोल अन्तरले पराजीत गर्दै उपाधि चुमेको हो ।
निर्धारित समयमा १-१ को बराबरी भएपछि खेलको निर्णय टाईबेकरबाट लिइएको थियो । टाईबेकरमा पथरीका गोल रक्षक अर्जुन बस्नेतले आयोजकका गणेश हेमरनको गोल बचाएसँगै पथरी बिजेता बन्न सफल भएको हो ।
खेलमा अग्रता आयोजकले लिएता पनि अन्तिम समयमा सम्हालीन न सक्दा गोल खान पुग्यो । पहिलो हाफको २७ मिनेटमा आयोजकका सौरभ लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको अतिरिक्त समयमा पथरीका बिशाल पाण्डेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । टाइबेकरमा पथरीका तर्फबाट साईमन लिम्बु निरज परियार (काउली) योगेश तामाङ,मञ्जील खड्का,निमन लिम्बुले गोल गरे भने आयोजक दमकको तर्फबाट सुमन राई,बिशाल दर्जी,सौरभ लिम्बुले मात्र गोल गर्न सफल भए ।
जित सँगै पथरी स्पोर्टिङ क्लबले नगद रु १ लाख ११ हजार तथा उपविजेता आयोजक वडा नम्बर ३ ले ५५ हजारका साथ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेको छ । खेलको बिधागत तर्फ पथरीबाट निरज परियार (काउली) उच्च गोल कतार्, लाल बहादुर लिम्बु बेस्ट कोच, बिशाल पाण्डे म्यान अफ द म्याच, घोेषित भएका छन् ।
त्यस्तै आयोजकका योगेश धिमाल बेस्ट गोल किप्पर बिक्रम लिम्बु उत्कृष्ठ डिफेन्स अजय मण्डल स्वोतकृष्ठ खेलाडि प्रितम कार्कि उदयमान खेलाडि पारस कार्कि उत्कृष्ठ मिट फिल्डर घोषित भएका छन् ।
बिजयी टिम तथा खेलाडिलाई वडा नम्बर ३ का वडा अध्यष लगायत विभिन्न व्यीक्तहरुद्धारा पुरस्कार बितरण गरिएको थियो ।