News लयमा फर्किएको जावलाखेल
गोलनेपाल

काठमाडौं । ए डिभिजन लिगको शुरुवाती खेलहरुमा मिश्रित प्रदर्शन गरेको जावलाखेल युथ क्लबले पछिल्ला केही खेलयता उत्कृष्ट लय समातेको छनक देखाएको छ । पाँचौ चरणको खेलमा च्यासललाई निराश बनाएको जावलाखेलले छैठौं चरणतर्फ सोमबार सातदोबाटो युथ क्लबलाई स्तब्ध बनायो ।

दशरथ रंगशालामा सोमबार भएको एक मात्र खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबमाथि २–० को जित निकाल्यो । दोस्रो हाफतर्फ ५०औं मिनटमा बिपिन कंडेल र ७०औं मिनटमा निकोलास फर्नान्डेसले गरेको गोल जावलाखेललाई लगातार दोस्रो जित दिलाउन प्रर्याप्त बन्यो ।

यो जितसँगै ६ खेलबाट ७ अंक जोडेको जावलाखेल लिगतालिकाको नवौं स्थानमा उक्लेको छ । छैठौं चरणको खेल समाप्तीसम्म जावलाखेलले २ जित, १ बराबरी र ३ मा हार बेहोरेको छ । उता पराजित सातदोबाटो भने ८ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा छ । शिर्ष स्थानमा भने १४ अंकका साथ डिफेन्डिङ च्याम्पियन मच्छन्द्र रहेको छ ।

Post Comments