News सात गोलको 'थ्रीलर'मा लिस्नु सफल
गोलनेपाल

बुटवल । रोमाञ्चक जितका साथ लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ लिस्नुले केरवानी स्र्पोटिङ क्लबलाई ४–३ ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।

लिस्नुको जितमा नविन महतोले दुई गोल गरे भने फनेस गाहा र हनक पुनले एक–एक गोल गरे । उता पराजित केरवानीका लागि राजेश चौधरीले दुई गोल गरे भने दिलिप थापाले थप एक गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच पराजित केरवानीका राजेश चौधरी घोषित भए । प्रतियोगिता अन्तरगत पौष १६ बुधबारको खेल नवयुवा खेलकुद परिवार, ठुटिपिपल र चाँदनी युवा क्लब, दानापुरबीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, पाल्पा, चितवन, नवलपरासीका गरि कुल १६ टोलीहरुको सहभागिता रहेको छ ।

शुद्धोदन गाउँपालिका, रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।

त्यस्ते सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि जनही १६–१६ हजार हात पार्ने अध्यक्ष कुँवरले बताए । साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको उनले बताए ।

रुपन्देही, नवलपरासी, पाल्पा र चितवनका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पौष २६ गते हुनेछ ।

Post Comments