News एन्फाद्वारा मोफसलका मुख्य ६ गोल्डकपको मिति घोषणा
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुँदै आईरहेका मुख्य ठूलो ६ गोल्डकप फुटबल प्रतियोगिताहरुको आयोजना मिति तय गरेको छ ।

बुधबार जारी गरेको पत्रअनुसार हाल जारी ए डिभिजन लिगलाई कुनै असर नपर्ने गरी ती नकआउट प्रतियोगिताहरु आयोजना गर्न स्वीकृति प्रदान गरिएको एन्फाले जारी गरेको पत्रमा उल्लेख छ ।

जसअन्तरगत माघ ६ देखि १५ गतेसम्म पोखरामा हुने प्रतिष्ठित आहा! रारा गोल्डकपका लागि मिति तोकिएको छ । त्यस्तै माघ १६ देखि २६ सम्म हेटौडामा हुने शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मिति तोकिएको छ ।

त्यस्तै फागुन १४ देखि २१ सम्म बुटवलको तिलोत्तमा गोल्डकप र सोही मितिमा इटहरी गोल्डकपका लागि पनि मिति तोकिएको एन्फाले पत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी फागुन १९ देखि २८ सम्म पोखरा गोल्डकप र फागुन २६ देखि चैत्र ५ गतेसम्म सिमरा गोल्डकप आयोजना गर्नका लागि एन्फाले मिति तय गरेको हो ।

एन्फाले मिति तय गरेको प्रतियोगिताहरु ए श्रेणीमा परेका प्रतियोगिताहरु हुन् । साथै एन्फाले छिटै अन्य प्रतियोगिताहरु आयोजनाका लागि पनि मिति घोषणा गर्ने बताएको छ ।

हेर्नुहोस एन्फाको प्रतियोगिता आयोजना मिति पत्रः

Post Comments