News
माइलस्टोन मेयर कप हुँदै
अत्तरिया । कैलालीको गोदावरी नगरपालिकामा माइलस्टोन मेयर कप खुला नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
माइलस्टोन युवा क्लब, लालपुरको आयोजनामा यहि पौष २५ गतेदेखि प्रतियोगिता शुरु हुन गईरहेको हो । गोदावरी नगरपालिका–७ स्थित खैरेनी खेलमैदानमा हुने प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधि सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने पौष २९ गतेका दिन हुन आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने