News एन्फाको केन्द्रिय चुनाव जेष्ठमा, जिल्लाहरुको चुनाव फागुन मै
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन आगामी बर्ष २०७९ को जेष्ठ १५ गतेका दिन हुने भएको छ । एन्फाको शुक्रबार बसेको कार्यसमितिको बैठकले एन्फाको केन्द्रिय निर्वाचनको मिति तोकेको हो । साथै बैठकले माघ २९ गतेका दिन एन्फाको साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले एन्फा मातहत रहेका जिल्ला फुटबल संघहरुको चुनाव फागुन १५ देखि ३० गतेसम्म सम्पन्न गर्ने निर्णय पनि गरेको छ । जिल्ला फुटबल संघको चुनाव सम्पन्न भएपछि चैत्र १ देखि १० गतेसम्म प्रदेशस्तरीय चुनाव पनि सम्पन्न गर्ने एन्फाले निर्णय गरेको छ ।

शेर्पाको नेतृत्वमा कमिटी पनि गठन

त्यस्तै बैठकले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा कै नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टोलीले खेलेको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता र म्याचहरु वापतको पुरस्कार रकम दिनका लागि एउटा कमिटी पनि गठन गरेको छ ।

कमिटीमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ, उपाध्यक्षहरु कृष्ण थापा, उपेन्द्रमान सिंह र शिक्षित पराजुली पनि रहेका छन् । कमिटीले फुटबल टोलीलाई के कति रकम दिई पुरस्कृत गर्ने हो, त्यसबारे निर्णय गर्नेछ ।

महिला लिग माघ मै

त्यस्तै बैठकले माघ १५ देखि राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ । साथै ए, बी, र सी डिभिजन लिग खेल्ने क्लबहरुलाई दिईने तयारी खर्चमा २ लाख ५० हजारका दरले बृद्धि गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जिल्ला लिगमा विजेता बनेका टोलीहरुले प्रदेश लिग खेल्ने पनि एन्फाले जानकारी दियो । यद्यपि प्रेसिडेन्ट कप र राष्ट्रिय लिगबारे भने आगामी कार्यसमितिको बैठकबाट निर्णय लिइने समेत एन्फाले जनाएको छ ।

बैठकको विस्तृत निर्णयहरुः

 

Post Comments