News बराबरी खेल्दै संकटा तेस्रो स्थान मै
गोलनेपाल

काठमाडौं । ए डिभिजन लिगमा राम्रो प्रदर्शन गरिरहेको संकटा क्लबले शुक्रबार आठौं चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो ।

यो बराबरी नतिजाका बावजुद ८ खेलबाट १४ अंक जोडेको संकटा तेस्रो स्थानमा यथावत छ । र लिगलिडर मच्छिन्द्र भन्दा ३ अंकले पछाडी छ । उता सातदोबाटो भने ९ अंकका साथ आठौं स्थानमा छ ।

खेलमा संकटाका जय गुरुङ म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत ट्रफी र दश हजार हात पारे । साथै दुवै टोलीले बराबरी गरेवापत म्याच मनी २५–२५ हजार पनि प्राप्त गरे ।

 

Post Comments