
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडाले बीपी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा हेटौंडा–३ लाई सडनडेथमा २–१ गोलअन्तरले हराउँदै वडा नम्बर २ च्याम्पियन बनेको हो ।
त्यसअघि निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । विजेता बनेको वडा नम्बर २ नगद ५० हजार रुपैयाँसहित एक केजीको चादिको शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हेटौडा ३ ले नगद २५ हजारमा चित्त बुझायो ।
त्यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगितामा विजेता टोलीका अनिल थापा उत्कृष्ट खेलाडी, सफल तिमल्सिना उत्कृष्ट गोलरक्षक, विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक तथा लक्ष्मण विडारी उदयीमान खेलाडी घोषित भए । उनीहरुलाई जनही २५–२५ सय नगद प्रदान गरियो ।
फाइनल खेलको म्यान अफ दी म्याच पराजित टोलीका गोलरक्षक गोपी बर्तौला भए । विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गरेका थिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा गत पौष १० गतेबाट सुरु भएको प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको थियो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा