News
मौरिसस टिम शनिबार नेपाल आउँदै, नेपाल उड्नु अघि एक खेलाडीमा कोरोना संक्रमण
काठमाडौं । नेपालसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्न मौरिससको राष्ट्रिय फुटबल टोली शनिबार नेपाल आइपुग्ने बताइएको छ । यद्यपि नेपाल प्रस्थान गर्नुअघि मौरिससको टोलीले पिसिआर परिक्षण गर्दा एक सदस्यमा कोरोना संक्रमण देखिएको मौरिसस एफएले जनाएको छ ।
पिसिआर परिक्षण गर्दा केभिन पेर्टिकोट्समा कोभिड–१९ पोजिटिभ देखिएको मौरिसस एफएले जनाएको छ । साथै केभिनको रिपोर्ट पोजिटिभ आएसँगै नेपाल भ्रमण गर्ने मौरिससको टोलीमा उनी सामेल हुने छैनन् । त्यस्तै अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको एफएले जनाएको छ ।
स्मरण रहोस, फिफाको इन्टरनेशनल ब्रेक अन्तरगत नेपाल र मौरिससबीचको खेल यहि जनवरी २९ तारीख र फेब्रुअरी १ तारीखका दिन हुने कार्यक्रम छ । जुन खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा हुने समेत तय भईसकेको छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान