News कस्तो छ मौरिसियन टिम ?
केशर बहादुर दाहाल

नेपालले यहि माघ १५ र १८ गते मौरिसस विरुद्ध आफ्नै घरेलु मैदानमा दुइ मैत्रीपुर्ण खेल खेल्दैछ। नेपालले मौरिसस विरुद्ध खेल्न लागेको यो पहिलो पटक हो।  

२०४० वर्ग किलोमिटरमा फैलिएको र १२ लाख जनसंख्या रहेको पुर्बी अफ्रीकामा पर्ने मौरिसस फिफा वरियतामा नेपाल भन्दा पछि नै रहेको छ। शारीरिक रुपमा नेपाल भन्दा अब्बल रहेको यो टिमको अहिले सम्मको ठुलो उपलब्धि भनेको १९७४ को अफ्रिकन कप अफ नेसन्समा छनोट हुनु र  १९८५ र २००३ को इन्डियन ओसन आइलेण्ड गेम्स फुटबल टुर्नामेन्ट जित्नु हो।  यो समयलाई मौरिसियन फुटबल टिमको सुनौलो युगका रुपमा लिन सकिन्छ।  

१९४७ मा रियुनिओन विरुद्ध आफ्नो पहिलो अन्तराष्ट्रिय प्रतिसप्रधात्मक खेल खेलेको मौरिसियन टिमले ३० वर्षको अवधिमा ठुलै फड्को मारेको थियो। तर त्यो उकालो यात्रामा एउटा घटना बाधक बन्न पुगेको थियो।  घरेलु लिग खेलका क्रममा पेनाल्टी दिएको निर्णय विवादित बनेपछि समर्थकले बिरोध गरेका थिए र त्यसै दौरान केहिको मृतु समेत भएको थियो । यहि कारणले गर्दा त्यहाँ १८ महिना सम्म कुनै पनि लिगका खेलहरु हुन सकेनन् जसले गर्दा मौरिसियन टिमको उकालो यात्रामा पूर्ण बिराम लागेको थियो।  
सन् २००० मा फिफा वरियतामा ११६ स्थान कायम राख्दै आफ्नो वरियता हासिल गरेको मौरिसियन टिमले २०११ मा १९५ स्थानमा झरेर आफ्नो इतिहासकै खराब वरियता हासिल गर्यो।  अहिले भने यो टिम १७२ औ स्थानमा रहेको छ।  

२०११ मा इतिहासकै खराब वरियतामा रहेको यो टिमले त्यस पछि भने तुलनात्मक रुपमा केहि सुधारिएको प्रदर्सन गरिरहेको छ।  

प्राय: मौरिसियन टिममा अहिले भेट्रान खेलाडीको बाहुलत्या रहेको छ। खेलाडीको औसत उमेर २८ रहेको छ। शारीरिक रुपमा बलिया रहेका मौरिसियन खेलाडीहरुमा  अनुभवको कमि रहने छैन।  फ्रेन्च अल्गेरियन बोउलम म्यानकौरले समालिरहेको मौरिसियन टिमलाइ यसै कारण नेपालले कम्जोर भने ठान्नु हुने छैन।

पछिल्ला पांच खेलमा मौरिसिअसले एक खेल बराबरी खेलेको छ भने बाँकी चार खेलमा हार बेहोरेको छ। यो तथ्यांक हेर्दा मौरिसस कम्जोर देखिएता पनि खेलका दौरान जुन टिमले राम्रो खेल्न सक्छ, जित उसकै हुनेछ। कुनै पनि खेल आफैमा सहज भने हुने छैन। त्यसैले नेपालले मौरिसियन टिम बिरुद्ध जित निकाल्न प्रदर्सन गर्न आवस्यक हुनेछ।
 
नेपालका लागि सधै जसो भन्दा बिल्कुलै फरक रहेको मौरिसस संगको खेलले नेपाली टिमलाइ दक्षिण एसियाको सिमित घेरा भन्दा पर लाने छ र निकै राम्रो एक्सपोजर प्राप्त गर्न मद्दत गर्नेछ।  

यसरी फरक फरक राष्ट्रिय टिमसंग खेल खेल्दा पक्कै पनि नेपालले अरुबेलाको भन्दा थप केहि नया कुरा सिक्न र अनुभव गर्न पाउने छ भन्ने कुरामा कुनै दुइ मत नै छैन।  

Post Comments