काठमाडौं । नेपाल र मौरिससबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा एक तिहाई दर्शकहरुले रंगशालामा प्रवेश पाउने भएका छन् । यो कुराको आधिकारिक पुष्टी मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ । यद्यपि रंगशाला प्रवेश गर्न नेपाल सरकारले तोकेको निश्चित स्वास्थ्य सुरक्षाका मापदण्ड दर्शकहरुले पूरा गरेको हुनुपर्नेछ ।
त्यस्तै एन्फाले दुई खेलका लागि टिकट मूल्य पनि तोकेको छ । जसअनुसार सामान्यतर्फ ५ सय र भिआईपीतर्फ १ हजार टिकट मुल्य तोकेको एन्फाले जनाएको छ । साथै दशरथ रंगशालामा हुने दुवै खेल कृत्रिम प्रकाशमा हुने पनि एन्फाले पुष्टी गरेको छ । एन्फाका अनुसार दुवै खेल बेलुका ४ः४५ बजेदेखि शुरु हुने जानकारी दियो ।
स्मरण रहोस, नेपाल र मौरिससबीचको खेल यहि माघ १५ र १८ गतेका दिन हुँदैछ । त्यसका लागि मौरिससको राष्ट्रिय फुटबल टोली सोमबार नै नेपाल आइसकेको छ र अभ्यास पनि शुरु गरिसकेको छ । उता नेपाली फुटबल टोली पनि हाल बन्द प्रशिक्षणमा व्यस्त छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)