News दीप ज्योतीलाई कञ्चनपुर जिल्ला लिगको उपाधि
गोलनेपाल

महेन्द्रनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि दिपज्योती युवा क्लबले जितेको छ ।

उपाधि जित्ने क्रममा दिप ज्योतीले महाकाली युथ क्लबलाई टाईब्रेकरमा ५–३ ले हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक फाइनल खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ दिप ज्योतीका लागि देव पुरी, भुवन जोशी र निरज एडीले गोल गरेका थिए भने महाकालीका लागि गौरव धामी, आकाश चन्द र सन्तोष क्षेत्रीले गोल गरेका थिए ।

टाईब्रेकरमा भने दिप ज्योतीले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक दिप ज्योतीका करन पाल चुनिए । त्यस्तै उत्कृष्ट डिफेन्डर महाकालीका वीर धामी घोषित हुँदा उत्कृष्ट मिडफिल्डर दिप ज्योतीका निरज थापा मगर बने ।

त्यसैगरी उत्कृष्ट फरवार्ड पनि दिप ज्योती कै करन देव पुरी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने सेक्युर्ड नेपालका ज्ञानु जोशीले हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने महाकालीका सन्तोष क्षेत्री घोषित भएका थिए ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत, कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष गजेन्द्र राज पाण्डे लगायतले पुरस्कृत गरेका थिए ।

लिग विजेता बनेको दिप ज्योतीले अब कञ्चनपुर जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश लिगमा प्रतिस्पर्धा गर्नेछ । पौष २२ गते देखि सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १४ क्लब मध्ये १२ क्लबहरुको सहभागिता रहेको थियो ।

 

Post Comments