News छैठौं आरन्त कपः फाइनलमा वालिङ भूपू सैनिक र ज्ञानोदय भिड्ने
गोलनेपाल

वालिङ । बिहीबारदेखि यहाँ शुरु छैठौं आरन्त स्मृति कप यु–१२ अन्तर विद्यालयस्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । दुई दिने प्रतियोगिताको फाइनल खेल शुक्रबार नै हुँदैछ ।

वालिङ, स्याङ्जा स्थित स्थानीय खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन नै फाइनल समिकरण पूरा भएको हो । फाइनलमा वालिङ भूपू सैनिक स्कुल र ज्ञानोदय बोर्डिङ स्कुल उपाधिका लागि भिड्ने छन् ।

वालिङ युनाईटेड फुटबल क्लब, स्याङ्जाको आयोजना तथा आरन्त स्मृति कपका संरक्षक कुमार थापाको सहयोगमा शुरु भएको प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच संरक्षक थापाले नै गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै संरक्षक थापाले अल्पायुमै ज्यान गुमाएका आफ्ना छोरा आरन्तको स्मृतिमा वार्षिक रुपमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको बताए । उनले स–साना खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्न र सानै उमेरदेखि खेलकूदका क्षेत्रमा वालिङलाई अगाडि बढाउन सकियोस् भन्ने उद्देश्यसहित आरन्त स्मृति कप सञ्चालन गरेको बताए ।

कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ १४ गते शुक्रबार दिनको २ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । साथै हालको संक्रमणकालिन अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर नै प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दियो ।

Post Comments