News पाँचौं खप्तड गोल्डकप फागुनमा, विजेतालाई २१ लाख
गोलनेपाल

धनगढी । छोटो समय मै प्रतिष्ठित र चर्चित बनेको मुख्यमन्त्री पाँचौं खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आगामी फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ ।

बुधबार धनगढी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजनाबारे आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढी, कैलालीले जानकारी गराएको हो । प्रतियोगितामा दुई विदेशी टोली, पाँच ए डिभिजन क्लब, दुई मोफसलका टोली र आयोजक गरि कुल १० टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिता आयोजना गर्न प्रदेश सरकार र स्थानीय प्रशासनले पनि सहयोग गर्ने बताइएको छ । त्यस्तै प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

Post Comments