काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १६औं कार्यसमिति बैठक बिहीबार सम्पन्न भएको छ । एन्फा कम्प्लेक्समा बसेको बैठकले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा एन्फाको निर्वाचन समिति गठन समेत गरेको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन समितिको सह–संयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा अधिवक्ताद्वय सरस्वती श्रेष्ठ र प्रिती कार्कीलाई मनोनयन गरेको छ । यद्यपि मनोनयनमा परेका सदस्यहरुलाई एन्फाको आउँदो २०औं विशेष साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।
त्यस्तै बैठकले निर्वाचन पुनरावेदन समिति गठन गर्ने निर्णय समेत गर्यो । जसको संयोजकमा अधिवक्ता बिष्णु लुईटेल रहेका छन् भने सह–संयोजकमा अधिवक्ता सुधा रिजाल, सदस्यमा अधिवक्ता केशव मणी अर्याल तथा वैकल्पिक सदस्यमा अधिवक्ता यज्ञ बहादुर राना र राजेन्द्र इङ्गनाम रहेका छन् ।
यस समितिको मनोनयन र अन्तिम निर्णय पनि विभिन्न प्रक्रियाहरु पूरा गरेपछि एन्फाको विशेष साधारणसभाले अनुमोदन गर्नुपर्नेछ । स्मरण रहोस, एन्फाको केन्द्रिय निर्वाचन आउँदो जेठ १५ गते गर्ने निर्णय भईसकेको छ । त्यसअघि एन्फा मातहत रहेका जिल्ला फुटबल संघहरुको निर्वाचन सम्पन्न गर्ने निर्णय पनि भएको छ ।

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)