News साफ यु–१८ महिला च्याम्पियनसिप भारतमा हुने पक्का
गोलनेपाल

काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिपको तेस्रो संस्करण भारतमा हुने पक्का भएको छ । यो कुराको पुष्टी दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पुष्टी गरेको छ । साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

आगामी मार्च १५ देखि २५ तारीखसम्म हुने प्रतियोगिताका सबै खेलहरु जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा हुनेछन् । आयोजक भारत सहित नेपाल र बंगलादेशले मात्र सहभागिता रहने प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ ।

स्मरण रहोस, बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । त्यस्तै गत संस्करणको उपविजेता नेपाल हो भने आयोजक भारतले तेस्रो स्थान हासिल गरेको थियो ।

Post Comments