News
पाँचौं झापा गोल्डकपको मस्कट र गीत सार्वजनिक
बिर्तामोड । मोफसलको प्रतिष्ठित मध्ये एक पाँचौ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आधिकारिक मस्कट र प्रोमो गीत सार्वजनिक गरिएको छ ।
फुटबल र झापाली पहिचानलाई दर्शाउने गरी गीत रचना गरिने गोल्डकप आयोजक समितिले जनाएको छ । बसन्त थाम्सुहाङको रचना रहेको प्रोमो गीतमा पारस मुकारुङले संगीत भरेका छन् । त्यस्तै गीतमा डम्बर नेपाली, भिषण मुकारुङ, सुनिता थेगिङ र दिपा लामाको स्वर रहेको छ ।
त्यसैगरी आयोजकले सोही अवसरमा गोल्डकपको आधिकारिक मस्कटका रुपमा हात्तीको छावालाई तयार पारेको छ । मस्कटका रुपमा प्रयोग गरिएको छावाले बल खेलेको देखाइएको छ । मस्कटको निर्माण भने पवन राजवंशीले गरेको आयोजकले जानकारी दियो ।
स्मरण रहोस, प्रतियोगिता यहि फागुन २१ गतेदेखि शुरु हुने आवश्यक तयारी शुरु भईसकेको आयोजकले सोही अवसरमा जानकारी गरायो ।

Post Comments
Related News
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा