News
पाँचौं झापा गोल्डकपको मस्कट र गीत सार्वजनिक

बिर्तामोड । मोफसलको प्रतिष्ठित मध्ये एक पाँचौ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आधिकारिक मस्कट र प्रोमो गीत सार्वजनिक गरिएको छ ।
फुटबल र झापाली पहिचानलाई दर्शाउने गरी गीत रचना गरिने गोल्डकप आयोजक समितिले जनाएको छ । बसन्त थाम्सुहाङको रचना रहेको प्रोमो गीतमा पारस मुकारुङले संगीत भरेका छन् । त्यस्तै गीतमा डम्बर नेपाली, भिषण मुकारुङ, सुनिता थेगिङ र दिपा लामाको स्वर रहेको छ ।
त्यसैगरी आयोजकले सोही अवसरमा गोल्डकपको आधिकारिक मस्कटका रुपमा हात्तीको छावालाई तयार पारेको छ । मस्कटका रुपमा प्रयोग गरिएको छावाले बल खेलेको देखाइएको छ । मस्कटको निर्माण भने पवन राजवंशीले गरेको आयोजकले जानकारी दियो ।
स्मरण रहोस, प्रतियोगिता यहि फागुन २१ गतेदेखि शुरु हुने आवश्यक तयारी शुरु भईसकेको आयोजकले सोही अवसरमा जानकारी गरायो ।
Post Comments