News सहारा एकेडेमीलाई श्रेष्ठको सहयोग
सुदर्शन रञ्जित

पोखरा । समाजसेवी सुभाष श्रेष्ठले यहाँ स्थित सहारा एकेडेमीका बालकहरुको लागि ट्रयाक सुट सहयोग गरेका छन् ।

उनले पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमै पुगेर एक कार्यक्रमका बीच २८ थान ट्रयाक सुट हस्तान्तरण गरेका हुन् । ओभिए कन्सल्टेन्सीका डाइरेक्टर सुभाष श्रेष्ठ, कन्सुलर सिर्जना सापकोटाले ती ट्रयाक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले एकेडेमी संयोजक चित्रबहादुर पुनको सहयोगप्रति आभार व्यक्त गरे । यसअघि पनि पुनले एकेडेमीमा नगद सहयोग गरेका थिए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, कार्यसमिति सदस्य शंकर सुवेदी, अतीत गुरुङ लगायतको पनि उपस्थिति थियो । क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुनिल रानामगरले गरेका थिए ।

Post Comments