News
एपीएफमाथि इलामको शानदार जित

इलाम । इलामको मंगलबारेमा शनिबारदेखि सुरु प्रथम देउमाई गोल्डकप फुटबल प्रतियोगितामा इलामको ओएसिस क्लबले विजयी सुरुवात गरेको छ ।
भानुभक्त माविको छात्रावास खेलमैदानमा आयोजित उद्घाटन खेलमा इलामले एपीएफ सुनसरीको टिमलाई २–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
इलामका लागि मोहन टुडुले दोस्रो हाफको १९औँ मिनेटमा खेलकै पहिलो गोल गर्न सफल भएका थिए । त्यस्तै, इलामकै सन्तोष रम्तेलले खेलको ३१औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाएका थिए ।
युनाइटेड देउमाई युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी छन् । आइतबारको खेल नेपाल आर्मीको पशुपति गण र भेनस फिक्कल एफसी इलामबीच खेल हुनेछ ।
फागुन १४ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख पाउनेछ भने उपविजेताले नगद ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Post Comments