News जावलाखेललाई महत्वपूर्ण तीन अंक
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले आइतबार महत्वपूर्ण र रोमाञ्चक जित हात पारेको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा जावलाखेलले हिमालयन शेर्पा क्लब विरुद्ध २–१ को प्रतिस्पर्धात्मक जित निकाल्यो ।

खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा जावलाखेलले जितका लागि अन्तिम समयसम्म संघर्षत गर्नुपर्यो । खेलको १५औं मिनटमा रुप बहादुर लामाको गोलबाट जावलाखेलले खेलमा अग्रता बनाएको थियो । तर दोस्रो हाफको ७१औं मिनटमा शेर्पाका लागि अमृत श्रेष्ठले गोल फर्काउन सफल भए ।

यद्यपि शेर्पाले पनि त्यो बराबरी नतिजा कायम राख्न सकेन । खेलको अन्तिमतिर ८७औं मिनटमा अनगुना जुनियरले जावलाखेलका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

यो जितपछि जावलाखेलको १२ खेलबाट १३ अंक भएको छ । उता पराजित शेर्पाको पनि समान १३ अंक छ ।

Post Comments