News बंगबन्धु गोल्डकप : साविक विजेता नेपाल पहिलो खेल मै पराजित
गोलनेपाल

बंगलादेशमा जारी प्रतिष्ठित बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा साविक विजेता नेपालले खराब शुरुवात गरेको छ ।

सिल्हेटमा सम्पन्न समूह ए तर्फको पहिलो खेलमा नेपालले ताजिकिस्तानसँग २–० को हार बेहोर्दै खराब शुरुवात गरेको हो । यो हारसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना केही कठिन भईदिएको छ । ताजिकिस्तानको जितमा खेलको २७ औं मिनटमा फाथुल्लो फाथुलोभले पेनाल्टीबाट गरेका थिए ।

नेपालका अनन्त तामाङले फल गरेपछि ताजिकिस्तानले पेनाल्टीको अवसर पाएको थियो, जसलाई फाथुलोभले बिना कुनै गल्ती गोलमा परिणत गरे । त्यस्तै दोस्रो गोल खेलको ७० औं मिनटमा तुरुनोवले हेड गोल गर्दै ताजिकिस्तानको जित सुनिश्चित गरे ।

समूह चरणतर्फ नेपालले आफ्नो अन्तिम खेल शनिबार प्यालेस्टाईनसँग खेल्नेछ । जुन खेलमा नेपाललाई निश्चित जितको खाँचो पर्नेछ भने त्यसअघि बिहीबार हुने ताजिकिस्तान र प्यालेस्टाईनको नतिजामा पनि नेपालको भाग्य निर्भर रहनेछ ।

Post Comments