News
फेरि माल्दिभ्स फर्किए किरण !
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङ पुनः माल्दिभ्स फर्किएका छन्। उनी माल्दिभ्सको शीर्ष फुटबल लिग खेल्ने भिक्टोरी स्पोर्ट्स क्लबमा आवद्ध भएका छन्।
भिक्टोरी स्पोर्ट्स क्लबले किरणलाई अनुबन्ध गरेको विषयमा आधिकारिक जानकारी गराइसकेको छ। अनुभवी गोलरक्षक किरण यसअघि पनि माल्दिभ्समै टिसी स्पोर्ट्स क्लब र माजिया स्पोर्ट्स क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।
यस पटक किरण बंगलादेश पुलिस एफसीसँगको सम्झौता तोडेर माल्दिभ्स पुगेका हुन्। माल्दिभ्स लिगमा उनको यो तेस्रो यात्रा हो, जहाँ उनको अनुभव र नेतृत्व क्षमताले भिक्टोरी स्पोर्ट्स क्लबलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
Post Comments
Related News