News सुस्मित निर्णायक बन्दा पाल्पा सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । सुस्मित केसी निर्णायक बनेको खेलमा पाल्पा–११ जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा पौष २० गते आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ पाल्पाले न्यु सिर्जना युवा क्लबलाई २–१ ले हरायो ।

खेलको ४२औं मिनटमा सुरज घलानको गोलबाट शुरुवाती अग्रता बनाएको न्यु सिर्जनाले त्यसलाई अन्तिमसम्म जोगाउन सकेन । उता पाल्पाको जितमा सुस्मित केसी नायक साबित भए ।

सुस्मितले खेलको ६८औं मिनटमा पाल्पाका लागि बराबरी गोल फर्काए भने लगतै ७३औं मिनटमा निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याउन निर्णायक भूमिका खेले ।

पाल्पाको जितमा अहम भूमिका निभाएका सुस्मित केसी नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत पौष २१ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र झरना स्पोर्टस् क्लब, कुञ्जलापुर बीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

 

Post Comments