News लमजुङमा टेक्निकल सेन्टर निर्माण गर्न तयार छन् शेर्पा
गोलनेपाल

लमजुङ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूहरु लमजुङ जिल्लामा एन्फा टेक्निकल सेन्टर निर्माण गर्न तयार रहेको बताएका छन् । यद्यपि, त्यसका लागि आवश्यक पर्ने प्रर्याप्त जग्गा स्थानीय स्तरबाट उपलब्ध गराउनु पर्ने शेर्पाले बताएका छन् ।

आइतबार बेसिशहर लमजुङमा २८औं त्रिवेणी कपको फाइनलमा आतिथ्यता ग्रहण गर्न पुगेका शेर्पाले भने, हामी यहाँ (लमजुङ) मा एन्फा टेक्निकल सेन्टर निर्माण गर्न तयार छौं । तर, त्यसका लागि जिल्ला फुटबल संघ, लमजुङलाई स्थानीय स्तरबाटै प्रर्याप्त जग्गा उपलब्ध गराउनु पर्नेछ ।

लमजुङ क्षमतावान खेलाडीहरुले भरिएको छ । यहाँ उस्तै फुटबल समर्थकहरुको पनि जमात छ । हामी स्थानीय प्रशासनसँग सहकार्य गरेर जिल्लामा फुटबल विकास गर्न तयार छौं ।

सोही अवसरमा अध्यक्ष शेर्पालृ सुन्दरबजारमा छिटै एन्फाको ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने समेत खुलासा गरे । स्मरण रहोस, एन्फाले आफ्रू सम्वद्ध सबै जिल्लाहरुमा एन्फा टेक्निकल सेन्टर निर्माण गर्ने योजना बनाएको छ ।

Post Comments