News नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण म्याच खेल्ने
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपालले बलियो पूर्वी एसियाली राष्ट्र थाइल्याण्डसँग एक मेत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले यहि मार्च २४ (चैत्र १०) तारीखका दिन थाइल्याण्डसँग उसकै घरमा एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का भएको हो ।

फिफा वरियतामा नेपाल १६७औं स्थानमा छ भने थाइल्याण्ड ११२औं स्थानमा छ । त्यति मात्र नभएर नेपालले २७ मार्चका दिन पूर्व थाई लिग च्याम्पियन चोनबुरी फुटबल क्लबसँग पनि एक मेत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।

स्मरण रहोस, एएफसी एसियन छनौटतर्फ समूह ए मा रहेको नेपालले आयोजक कुवेतसँगै जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । जुन खेलहरु आउँदो जुन ८ तारीखदेखि शुरु हुँदैछ ।

Post Comments