News साफ यु–१८ महिला च्याम्पियनसिपः पहिलो खेल मै नेपाल निरीह
गोलनेपाल

काठमाडौं । मंगलबारदेखि भारतमा शुरु साफ यु–१८ महिला च्याम्पियनसिपमा नेपालले खराब शुरुवात गरेको छ । गत संस्करणको उपविजेता समेत रहेको नेपालले उद्घाटन खेलमा दावेदार मानिएको घरेलु टोली भारतसँग ७–० को फराकिलो अन्तरले हार बेहोर्न बाध्य बन्यो ।

जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा भएको खेलमा नेपालमाथि भारत पूर्ण हावी देखियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार साविक विजेता बंगलादेशसँग खेल्नेछ । त्यस्तै भारतले भने शनिबार बंगलादेशसँग नै आफ्नो दोस्रो खेल खेल्नेछ ।

दक्षिण एसियाका जम्मा ३ टोली सहभागि प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा हुनेछन् । लिग चरणको खेलपश्चात शिर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

Post Comments