News उत्कृष्ट जितका कपिलवस्तु क्वाटरफाइनलमा
सुरज राना मगर

सालझण्डी । सहज जित निकाल्दै उपाधिको दावेदार मध्ये एक मानिएको कपिलवस्तु–११ यहाँ जारी चौथो सैनामैना मेयर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा कपिलवस्तुले सौभाग्य युवा क्लब, बुटवललाई ४–१ ले हराउँदै क्वाटरफाइनल स्थान पक्का गरेको हो । कपिलवस्तुको जितमा आशिष जिसीले ह्याट्रिक गरे भने थप एक गोल गोविन्द पालुङ्गेले गरे । उता पराजित सौभाग्यका लागि सुरज घलानले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा कपिलवस्तुका गोलरक्षक बिमल घिमिरे म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत चैत्र २ गतेको पहिलो क्वाटरफाइनल खेल मुर्गिया फुटबल क्लब र विश्व शान्ती युवा क्लब, सालझण्डीबीच हुने प्रचार प्रसार संयोजक रेजिन श्रेष्ठले जानकारी दिए ।

सैनामैना नगरपालिका र नगर खेलकुद समितिको संरक्षकत्व रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ ल ाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने सैनामैना नगर खेलकुद समितिका अध्यक्ष अमर लम्सालले बताए ।

कन्दरा युथ क्लब, पानबारी–१०, सालझण्डीको आयोजनामा जारी प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष तुल्सी पौडेलले बताए । प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र १० गतेका दिन हुने पनि अध्यक्ष पौडेलले जानकारी दिए ।

Post Comments