News राष्ट्रिय जागृति सेमिफाइनलमा
गोलनेपाल

भोजपुर । राष्ट्रिय जागृति क्लब, सुनसरी यहाँ जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो क्वाटरफाइनलमा राष्ट्रिय जागृतिले भगवती स्पोर्टस क्लब, खोटाङलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा राष्ट्रिय जागृतिका लागि ३०औं मिनटमा अजयी मार्टिन्सले गोल गर्दै गोलको खाता खोलेका थिए ।

तर त्यसको ६ मिनट लगतै शरद राईले भगवतीका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिए पनि दोस्रो हाफको ६६औं मिनटमा कब्बु राईले निर्णायक गोल गर्दै राष्ट्रिय जागृतिको जित पक्का गरे ।

खेलमा राष्ट्रिय जागृतिका पिटर सेगुन म्यान अफ द म्याच घोषित भए । उनलाई भोजपुर जिल्ला फुटबल संघका उपाध्यष भाष्कर तामाङले नगद ३५ सय र ट्रफीका साथ पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र ३ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल बसाहा क्लब, उदयपुर र गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख पाउनेछ । फाइनल खेल यहि चैत्र ६ गतेका दिन हुनेछ ।

Post Comments