News अन्जन माछापुच्छ्रेको ब्रान्ड एम्बासडर
गोलनेपाल

काठमाडौं । कुसुन्तीस्थित माछापुच्छ«े स्कुलले राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी अन्जन विष्टलाई माछापुच्छ«े स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ्रेका अध्यक्ष डा. विनोदप्रसाद यादव र अन्जनले शनिबार एक कार्यक्रमकाबीच हस्ताक्षर गरे । कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो । दुई वर्षका लागि अञ्जनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा अन्जनले माछापुच्छ्रेसंग जोडिन पाउँदा खुशी लागेको बताउदै स्कुलसंग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले स्कुलले सञ्चालन गर्ने स्पोर्ट्स एकेडेमीलाई अगाडि बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै आफूलाई सम्झेकोमा धन्यवाद दिए ।

अध्यक्ष यादवले अन्जन जस्तो दिग्गज खेलाडीलाई अनुबन्ध गर्न पाउँदा सिंगो विद्यालय परिवारले गर्वको अनुभुति गरेको बताउदै स्कलुले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए ।

पूर्व कप्तान सिंहले खेलाडीलाई अवसर दिएकोमा माछापुच्छ्रेलाई धन्यवाद दिदै अन्जनलाई बधाइ दिए । उनले यस्ता कार्यले अन्य विद्यालयलाई पनि खेलाडीलाई स्थान दिन प्रेरित गर्ने धारणा व्यक्त गरे ।

एन्फा एकेडेमीका उत्पादन अन्जन मनाङ मस्र्याङ्दीका कप्तान हुन् । अन्जन नेपाल सुपर लिगको दोश्रो संस्करणमा सहभागी हुने नवप्रवेशी टिम झापा एफसीका मार्की खेलाडी समेत हुन् ।

Post Comments