News रुपन्देहीमा सेभेन ए साईड भेट्रान कप हुँदै
सुरज राना मगर

बुटवल । आउँदै गरेको नयाँ वर्ष २०७९ साललाई लक्षित गरि रुपन्देहीमा प्रथम सेभेन ए साईड भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवलले प्रतियोगिता यहि चैत्रको अन्तिमदेखि आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा सहभागिताका लागि इच्छुक क्लबहरुलाई टिम दर्ता खुला पनि गरिएको आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए । अध्यक्ष पुनले टिमदर्ता शुल्क ५ हजार तोकिएको र टिमदर्ता गर्ने अन्तिम मिति यहि चैत्र २० गतेसम्म रहेको बताए । साथै प्रतियोगिताको खेलतालिका चैत्र २२ गते प्रकाशन गरिने पनि उनले जानकारी दिए ।

बुटवल–१३ सालघारी स्थित क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ, शिल्ड, मेडल र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments