News शुक्रबारदेखि दोस्रो मिल्स गोल्डकप (खेलतालिकासहित)
गोलनेपाल

बिराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्ट रानी, बिराटनगरको आयोजनामा यहि चैत ११ गते शुक्रबारदेखि दोस्रो मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

बिराटनगर जुट मिल्स खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा गोधुली क्लब, धरान र उर्लाबारी–११, मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि चैत १८ गतेका दिन हुनेछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । प्रतियोगिताका सबै खेलहरु गोलनेपाल डटकममा प्रत्यक्ष प्रसारण समेत हुने छन् ।

Post Comments