News थाइल्याण्ड विरुद्ध नेपालको जुझारु प्रदर्शन
गोलनेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालले बिहीबार आफूभन्दा बलियो टोली थाइल्याण्ड विरुद्ध उसकै घरमा जुझारु प्रदर्शन गरे तापनि सम्मानजनक हार बेहोरेको छ ।

चोनबुरीमा सम्पन्न खेलमा नेपालले घरेलु टोलीसँग ०–२ को हार बेहोर्न बाध्य बन्यो । थाइल्याण्डले नेपाल विरुद्ध दुवै गोल खेलको अन्तिमतिर गरेको थियो । खेलको ७८औं मिनटमा फिलिप रोलरको गोलबाट अग्रता लिएको थाइल्याण्डले त्यो अग्रता अन्तिमतिर दोब्बर पारेको थियो ।

खेलको ८९औं मिनटमा चाओवाट विराचार्टले थाइल्याण्डले दोस्रो गोल गर्दै थाइल्याण्डको संघर्षपुर्ण जित सुनिश्चित गरे । नेपालले आफ्नो दोस्रो मैत्रीपूर्ण खेल आइतबार थाइ प्रिमियरशिप क्लब चोनबुरी एफसी विरुद्ध खेल्नेछ ।

आउँदो जुन महिनामा प्रतिष्ठित एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाल छनौट प्रतियोगितातर्फ समूह ए मा रहेको छ । जहाँ नेपाली टोलीले बलियो, जोर्डन, कुवेत र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।

Post Comments