News स्वस्तिश्रीले जित्यो यु–१२ फुटसलको उपाधि
गोलनेपाल

काठमाडौं । स्वस्तिश्री आईबी वल्र्ड स्कुलले यु–१२ जिनियस कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

लुभूस्थित आयोजक जिनियस आईबी वल्र्ड स्कुलमा भएको फाइनलमा स्वस्तिश्रीले रिब्सलाई २–० गोलले पराजित गर्यो । लबिम तामाङ र प्रश्रय श्रेष्ठले गोल गरे । त्यसअघि सेमिफाइनलमा स्वस्तिश्रीले काठमाडौं वल्र्ड स्कुललाई ५–० तथा रिब्सले आयोजिक जिनियसलाई १–० गोलले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

स्वस्तिश्रीका दीप खत्री उत्कृष्ट खेलाडी तथा रिब्सका आयुश केसी उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर ८ गोल गरेका स्वस्तिश्रीका लबिम तामाङ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । काठमाडौं वल्र्ड स्कुलले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ, जिनियसका चेयरम्यान नवीनकुमार जोशी, जिनियसका प्रिन्सिपल राजेशकुमार जोशी र जिनियसका एकेडेमिक हेड प्रदीप वज्राचार्यले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न ११ विद्यालयका १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 

Post Comments