इटहरी, सुनसरी | दोस्रो स्वर्गीय सचिन बि.के. स्मृति यू–१४ फुटबल प्रतियोगिता २०८३ शान्तिनगर फुटबल क्लब, इटहरी–२ को आयोजनामा सम्पन्न दोस्रो स्वर्गीय सचिन बि.के. स्मृति यू–१४ फुटबल प्रतियोगिताको उपाधि जहदा फुटबल क्लब, कानेपोखरीले जितेको छ।
फाइनल खेलमा जहदा फुटबल क्लबले फेयर फुटबल क्लब, धरानलाई ३–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। उत्कृष्ट प्रदर्शन गर्दै जहदाले उपाधिसँगै नगद रु. १०,००० प्राप्त गर्यो भने उपविजेता फेयर फुटबल क्लबले रु. ५,००० मा चित्त बुझायो।
व्यक्तिगत विधातर्फ
म्यान अफ द म्याच: हेनिश गुरुङ (जहदा)
बेस्ट गोलकिपर: सलोक हाङ लिम्बु (जहदा)
बेस्ट डिफेन्डर: रिदाम पाण्डे (फेयर)
बेस्ट मिडफिल्डर: नमसाङ मगर (फेयर)
एमभीपी: हेनिश गुरुङ (जहदा)
प्रतियोगिताको मुख्य उद्देश्य "खेलाडी उत्पादन, दुर्व्यसन न्यूनीकरण" रहेको आयोजकले जनाएको छ। युवा खेलाडीहरूको प्रतिभा विकास तथा समाजमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने लक्ष्यसहित प्रतियोगिता सम्पन्न भएको हो।