News चैत्र १९ देखि इटहरी गोल्डकप
गोलनेपाल

इटहरी । श्री राष्ट्रिय जागृति क्लब, सुनसरीको आयोजनामा यहि चैत्र १९ गतेदेखि १२औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि अयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाल, भारत र एक क्यामरुनी टोली गरि कुल ८ टोलीहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । जसमा आयोजक राष्ट्रिय जागृति क्लबसहित मनाङ मस्र्याङ्दी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, झापा–११, मोरङ–११, न्युरोडटिम (एनआरटी), एभनिर एफसी, क्यामरुन र कञ्चनजंगा एफसी, भारत रहेका छन् ।

प्रतियोगिताको फाइनल खेल भने चैत्र २६ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो । इटहरी–९, सुनसरी स्थित इटहरी रंगशालामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटी प्रदान गरिनेछ भने उदियमान खेलाडीले ४० इन्चको आकर्षक एलईडी टिभी हात पार्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यस्तै अन्य व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments