News प्लानिङ ब्वाईज भरौल गोल्डकपको फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । प्लानिङ ब्वाईज क्लब, काठमाडौं यहाँ जारी वाईवाई पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा प्लानिङले रारा फुटबल क्लब, धनकुटालाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । भरौल खेलमैदानमा सम्पन्न खेलमा प्लानिङ ब्वाईजका लागि नवौं मिनट मै ओम प्रकाश चौधरीले पहिलो गोल गरे भने ८१औं मिनटमा सुमन लामाले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा प्लानिङ ब्वाईजका दिनेश राजवंशी म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथी कृष्ण तामाङले नगद ५ हजार र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र १७ गतेको दोस्रो सेमिफाइनल खेल विन्दवासिनी फुटबल क्लब, बिराटनगर र कालिका स्पोर्टस क्लब, चितवन बीच हुने आयोजकले जानकारी दियो ।

न्यू स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजना तथा बराहक्षेत्र नगरपालिकाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १९ गतेका दिन हुनेछ ।

Post Comments