News पोखरामा जारी रेफ्री कोर्षको फिटनेस टेस्ट सम्पन्न
गोलनेपाल

पोखरा । कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा गत पुस १९ गतेबाट सुरु भएको गण्डकी प्रदेश स्तरीय रेफ्री कोर्ष अन्र्तगत पोखरा रंगशालामा प्रशिक्षार्थीको फिटनेस टेस्ट भएको छ ।

पोखरा रंगशालामा भएको टेस्टमा ४२ जना प्रशिक्षार्थी सहभागी भएका थिए । फिटनेस टेस्टपछि ‘लज अफ द गेम’को लिखित टेस्ट र हेल्थ टेस्टमा पास भएकाहरुले पुस २५ गते एन्फाको रेफ्री ब्याच पाउने इन्सट्रक्टर सुरेन्द्र शिखाकारले बताए ।


स्मरण रहोस, पोखरामा झण्डै १५ वर्षपछि जुनियर रेफ्री कोर्षको तालिम भएको हो । तालिममा गण्डकी प्रदेशका ८ वटा जिल्लाका प्रशिक्षार्थीहरु सहभागि छन् ।

प्रत्येक जिल्लाबाट ३ देखि ४ जना गरी २५ भन्दा बढी प्रशिक्षार्थी सहभागि रहेका छन् । अखिल नेपाल फुटवल महासंघ (एन्फा)को प्राविधिक सहयोगमा कोर्षको तालिम फिफा रेफ्री सुदेश पाण्डे, सुरेन्द्र शिखाकार, किरण गिरीलगायतले दिईरहेका छन् ।

 

 

 

Post Comments