News तेह्रथुम: मदन मेला महिलातर्फ फाक्तेप, पाँचथर विजयी
रमेश समदर्शी

ऐतिहासिक आठराई मदन मेलामा आयोजित मदन मेमोरियल फुटबल प्रतियोगितामा शनिबार भएको महिलातर्फको खेलमा पाँचथरको पिवाइसी फाक्तेप विजयी बनेको छ ।

स्पर्धी एफसी सम्दु फेदापलाई २-१ गोलअन्तरले पराजित गर्दै फाक्तेप सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
फाक्तेपका लागि कप्तान मनिता तुम्रोकले २ गोल गरिने भने सम्दुकी आरती लिम्बूले एक गोल गरिन् । ८ टिम सहभागी महिलातर्फको विजेता टोलीले नगद ६५ हजार पाउनेछ भने उपविजेताले ४० हजारमा चित्त बुझाउनु पर्नेछ ।
 
सम्दुको महिला फुटबल टोलीलाई आयोजकले नगद प्रदान गरेको थियो । मदन मेला आयोजक समितिका अध्यक्ष दुर्गाराज गुरुङ काजीले सम्दुकी कप्तान सेवा लिम्बूलाई नगद ५ हजार प्रदान गरे ।
 
१८ वटा टिम सहभागी पुरुषतर्फको विजेताले नगद १ लाख ३५ हजार पाउनेछ भने उपविजेता टोलीले ७५ हजारमा चित्त बुझाउनु पर्नेछ । ऐतिहासिक मदन मेला २०१५ सालदेखि लाग्दै आएको छ ।

Post Comments