News इटहरी गोल्डकप शुरु, आर्मीको विजयी शुरुवात
गोलनेपाल

इटहरी । शनिबारदेखि शुरु १२औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

इटहरी रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा आर्मीका कप्तान भरत खवास म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

यो जितसँगै आर्मी सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत चैत्र २० गतेको दोस्रो क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र कञ्चनजंगा एफसी, भारतबीच हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २६ गतेका दिन हुनेछ ।

 

Post Comments