नेपाल भ्रमणमा रहेका एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सलमान बिन इब्राहिम अल–खालिफाले सोमबार एन्फा कम्प्लेक्समा एन्फाका पदाधिकारीहरुसँग भेटघाट गरेका छन् ।
एएफसीको अध्यक्ष पदका लागि फेरि चुनावमा भिड्ने यसअघि नै घोषणा गरिसकेका सलमानले सामबार एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरुसँग भेटघाट गरेका हुन् ।
आगामी बर्षको ६ अप्रिलका दिन हुने २९ औं एएफसी कँग्रेसमा सलमानले दावेदारीता दिएका छन् । सन् २०१३ देखि एएफसीको अध्यक्ष पदमा रहेका सलमानले एन्फाबाट पनि आवश्यक समर्थन पाउने योजनासहित नेपाल भ्रमण गरेको हुन सक्ने बताईन्छ । भेटघाट कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्वाङ लगायत अन्य थुप्रै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष सलमानले एसियाली फुटबलमा आफूहरुले हात पारेको उपलब्धीले आफूलाई सधै गर्वीलो महशुस गराउने बताए । पछिल्लो पाँच बर्षमा फुटबलले एसियामा निकै फड्को मारेको बताउँदै उनले आगामी दिनहरुमा पनि एसियाली फुटबलको विकासमा थप मेहनत गर्दै जाने बताए ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान