
भैरहवा । सहज जित हात पार्दै सनराईज एफसी, नवलपरासी यहाँ जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पक्लिहवा कृषि क्याम्पसमा सम्पन्न तेस्रो क्वाटरफाइनलमा सनराईजले युनाइटेड एफसी, बुटवललाई ६–२ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
सनराईजको जितमा बिनोद भट्टराईले दुई गोल गरे भने चुडा चौधरी, समुन्द्र ज्ञवाली, आकाश थापा र प्रभात कुमालले १–१ गोल गरे । उता युनाइटेडका लागि मिलन आले र मनोज रसाइलीले १–१ गोल गरे ।
खेलमा सनराईजका बिनोद भट्टराई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत चैत्र २१ गतेको अन्तिम क्वाटरफाइनल खेल लुम्बिनी खुकुरी क्लब र डि युनिटी, खैरेनीबीच हुने आयोजकले जनाएको छ ।
माछापुच्छ्रे युवा क्लब, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।