News बिटी कपमा पहिलो चरणका खेल सम्पन्न
उमेश पुन

पोखरा । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५औं बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा मंगलबारदेखि दास्रो चरणका खेहरु क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् ।

उनका अनुसार बगर स्थित पुरानो टुडिखेलमा आज सम्पन्न भिमकाली निलो र डेभिजफल्स एफसी बिच भएको खेल निर्धारित समय बराबरीमा सकिएपछि टाईबेकरमा भिमकाली निलोले १–० गोल अन्तरले जित निकाल्यो ।

त्यसैगरी दोस्रो खेलमा भिमकाली क्लब टिमएले डुङ्गेसाघुँ क्लबलाई टाईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्यो । तेस्रो खेलपनि निर्धारित समयमा गोलरहित भएपनि टाईबेकरमा दीप युनाईटेडले ब्रदर्श युनिटीलाई ३–२ गोल अन्तरले पाखा लगायो ।

एलजी एफसीले स्याङ्जा एफसी टिम बिलाई १–० गोल अन्तरले हरायो । एलजीको जितमा अभिषेक गुरुङले निर्णायक गोल गरे । पाँचौ खेलमा स्याङ्जा एफसी टिम एले सँगम एफसीलाई १ –० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । स्याङ्जाको जितमा मुक्त थापाले निर्णायक गोल गरे ।

छैटौ खेलमा मिरुवा एफसीलाई बयारघारी एफसीले १–० गोलले पराजित गर्यो। बयारघारीको जितमा समिर गुरुङले गोल गरे । सातौ खेलमा विष्णु पादुका क्लबलाई कमलपोखरी क्लब टिम बिले १–० गोलले हरायो । कमलपोखरीको जितमा बिमल गुरुङले निर्णायक गोल गरे ।

आठौं खेलमा लेकसाईड एफसीले रत्नचोक एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जित हाँसिल गर्यो । लेकसाईडको जितमा मुक्त बहादुर तामाङ र सुनिल बिकले समान १/१ गोल गरेका थिए भने रत्नचोकको तर्फबाट सिङ्कमान तामाङले सान्त्वना १ गोल फर्काएका थिए ।

सोमबारको अन्तिम खेलमा रामघाट एफसीले र एनजी एफसी टिमबिलाई ३–० गोल अन्तरले पराजित गरेको बिटी क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् । उनका अनुसार त्यसपश्चात दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् ।

Post Comments