News लुम्बिनी खुकुरी क्लब सेमिफाइनलमा
सुरज राना मगर

भैरहवा । लुम्बिनी खुकुरी क्लब, बेलहिया यहाँ जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पक्लिहवा कृषि क्याम्पसमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा लुम्बिनी खुकुरीले डि युनिटी क्लब, खैरेनीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने चौथो टोली बनेको हो ।

लुम्बिनी खुकुरीको जितमा सुरज घलान र मोहन थापाले गोल गरे । उता पराजित डि युनिटीका लागि सुरज सुनारले एक मात्र गोल फर्काए । खेलमा लुम्बिनी खुकुरीका सुरज घलान म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र २२ गते मंगलबारको पहिलो सेमिफाइनल खेल आयोजक माछापुच्छ्रे एफसी र सनराईज एफसी, नवलपरासीबीच हुने आयोजक क्लबका सुभाष मगरले जानकारी दिए ।

माछापुच्छ्रे एफसी, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।

Post Comments